नेपाल भारत बीचको सम्बन्ध केवल राजनीतिक नभई सांस्कृतिक र भावनात्मक जगमा आधारित रहेको छ - जॉली

2 वर्ष पहिले प्रकाशित

मंसिर ८ सनिवार 

 

राष्ट्रिय एकता अभियानको केन्द्रीय कार्यालयद्वारा काठमाडौंमा आयोजित हिन्दू संस्कृति र नेपाल-भारत सम्बन्ध विषयक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न । प्रमुख वक्ता भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्व विदेश विभाग प्रमुख विजय जॉलीले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्न सबै तहमा सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाललाई हिन्दू सभ्यताको महत्वपूर्ण केन्द्रका रूपमा सम्बोधन गर्दै दुई देशबीचको सम्बन्ध केवल राजनीतिक नभई सांस्कृतिक र भावनात्मक जगमा आधारित रहेको चर्चा गर्नुभयो।

 

कार्यक्रमको अध्यक्षता राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गरेका थिए। संविधान सभा सदस्य भूपेन्द्र चौधरी राष्ट्रिय एकता अभियानमा प्रवेश गर्नुभएको कार्यक्रममा विशेष आकर्षण बनेको थियो। चौधरीलाई विजय जॉली र अभियानका अध्यक्ष विनय यादवले खादा ओढाएर अभियानमा स्वागत गर्नुभयो। चौधरीले अभियानमा आवद्ध भएपछि हिन्दू सभ्यताको सशक्तीकरण र राष्ट्रिय एकताका लागि अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

 

कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, पूर्व राजपा उपाध्यक्ष सत्यनारायण मण्डल, राष्ट्रिय मुक्ति पार्टीका नेता सिऐन थारू र समाजसेवी विजय राउत लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए। यस्तै, अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी, युवा विभाग प्रमुख दिवस पटेल, महिला विभाग प्रमुख रीता साह, बागमती प्रदेश इञ्चार्ज शिसिर रञ्जितकार, उपत्यका इञ्चार्ज महेश्वरमान वैद्य, र काठमाडौँ जिल्ला संयोजक राजकुमार लामीछाने लगायतको उपस्थिति रहेको थियो।

 

अभियानका अध्यक्ष विनय यादवले नेपाललाई संघीय हिन्दू गणराज्यको रूपमा घोषणा गर्ने उद्देश्यसहित अभियानले निरन्तर गतिविधि गर्दै आएको बताउनुभयो। उहाँले भारतसँगको सांस्कृतिक सहकार्यले अभियानलाई थप ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो। विजय जॉलीले भाजपाले नेपालसँगको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउँदै हिन्दू सभ्यताको संरक्षणका लागि निरन्तर सहकार्य गर्ने आश्वासन दि

नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..