शिक्षा प्राप्त गर्न पाउनु बालबालिकाहरुको नैसर्गिक अधिकार हो - मेयर मनोज

2 वर्ष पहिले प्रकाशित

जनकपुर धाम,कार्तिक १२ गते सोमबार 

 

शिक्षा प्राप्त गर्न पाउनु सबै बालबालिकाहरुको नैसर्गिक अधिकार हो भन्दै जनकपुर धाममा रहेका सम्पूर्ण बला बालिका लाई शिक्षाको उज्यालो घाम सँग जोडन सक्दो प्रयास गर्ने जनकपुरधाम उप महानगरपालिका का मेयर मनोज कुमार साहले बताएका छन।

जनकपुरधाम–११ मा संचालित हनुमान सामुदायिक सिकाइ केन्द्रको सातौं 

साधारणसभालाई उद्घाटन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले बताएका हुन। कार्यक्रम लाई संबोधन गर्दै प्रमुख अतिथि साहले विद्यालय बाहिर रहेका बाल बालिका लाई शिक्षा सँग जोडन प्राथमिकताका साथमा प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

हनुमान सामुदायिक सिकाई केन्द्रका अध्यक्ष उषा साहको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख चेत कुमार पोखरेलले शिक्षा प्रदानमा गुणस्तर लाई ध्यानमा राखी कार्य गर्नु पर्ने कुरामा जोड दिएका थिए।

सो कार्यक्रममा महिला सामुदायिक सिकाई केन्द्र यदुकाहाका अध्यक्ष लालबाबु हाथी,श्री राजर्षि जनक मा वि पिडारी १३ का प्रधान अध्यापक विनोद कुमार साह लगायतकाले आ आफ्नो मन्तव्य व्यक्त गरेका

थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..