मधेस प्रदेश सरकार सूचनाको हक कार्यान्वयनप्रति प्रतिबद्ध : मुख्यमन्त्री सिँह

2 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, ७ कात्तिक 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सरकारका काम, प्रक्रिया र निर्णयका बारेमा सार्वजनिक गर्ने पद्धतिलाई संस्थागत भए सूचनाको हक आफसेँ आफ स्थापित हुने बताएका छन् । उनले लोकतान्त्रिक व्यवस्थामा नागरिक सर्वोच्चता महत्त्वपूर्ण र अपरिहार्य भएकाले सार्वजनिक निकायसँग सम्बद्ध कार्य वा विषयमा सूचनाको हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको समेत जनाए । 

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घद्वारा जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सूचनाको हकसम्बन्धी प्रशिक्षण शिविरको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री सिँहले सार्वजनिक जरुरी वा चासोका विषयमा नागरिकलाई सहज ढङ्गले सूचना उपलब्ध गराउन सरकारको कानुनी र नैतिक कर्तव्य भएको उल्लेख गरे । 

उनले पछिल्ला दिनमा सूचनाको हक प्रयोग प्रति नागरिक चेतना वृद्धि भएको औंल्याउँदै सूचनाको हकमार्फत माग गरिएका सूचना प्रवाहका बारेमा व्यवस्थित अभिलेखीकरण हुनुपर्ने बताए । ‘यसले सूचनाको हक कार्यान्वयनका जटिलता र समस्या पहिचान गर्नेछ । जसबाट सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयमा सघाउ पुग्नेछ,’ मुख्यमन्त्री सिँहले भने । 

सूचनाको हकसम्बन्धी कानुनले चिह्नित गरेका सूचना प्राप्तिका लागि सरकार र नागरिक दुवैको क्रियाशीलता आवश्यक रहेको चर्चा गर्दै मुख्यमन्त्री सिँहले सरकारका कामकाजमा पारदर्शीताका लागि मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् निर्णय वेभसाइटमार्फत निरन्तर सार्वजनिक भइरहेको जानकारी दिए ।

उनले सूचना दिन कठिन हुने खालका काम कसैको लहलहमा लागेर गर्न नहुने जनप्रतिनिधि तथा कर्मचारीहरूलाई सुझाए ।    

उनले सूचनाको हकलाई व्यवस्थित, प्रभावकारी र परिणामुखी बनाउन विभिन्न मन्त्रालय तथा मातहतका निकायहरूमा बाँकी रहेका सूचना अधिकारी तोकी तत्काल तस्बिर र फोन नम्बर उल्लेख गरी सार्वजनिक सूचना टाँस गर्न आफूले निर्देशन दिएको बताए । 

उनले मधेश प्रदेशमा १ सय ३६ वटै पालिकालाई सूचना अधिकारी नियुक्त गर्न प्रदेश सरकारले तत्काल पत्राचार गर्ने बताए । उनले प्रदेशमा कर्मचारी अभाव र कार्यबोझका कारण सूचना अधिकारीले पनि समयमा आवश्यक सूचना उपलब्ध गराउन कठिन भइरहेको बाध्यता पनि सुनाए । 

मुख्यमन्त्री सिँहले सूचनाको हकलाई कार्यमूलक र उपलब्धिपरक बनाउन प्रदेशमा प्रमुख सचिव र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समिति विघटन गरी अर्को समिति बनाउनुपर्ने सुझाए । उनले भने, ‘कर्मचारीको कमी र कामको चापका कारण दुवै समिति सक्रिय रूपमा काम गर्न सक्ने अवस्था छैन । त्यसैले यस विषयमा पूर्णकालीक काम गर्ने समिति बनाउँदा उचित हुनेछ ।’

प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मधेश प्रदेश सरकारमाथि सुरुदेखि नै हुँदैआएका टिकाटिप्पणी र आरोपका कारण पँिन सूचनाको हक कार्यान्वयनका सन्दर्भमा मौजुदा सरकारले बढी गम्भीरता देखाएको बताए । उनले राज्यको संरचना र परिवेश फेरिएकाले पनि प्रदेश सरकार आफ्नो भूमिकालाई समयानुकूल बनाउन खोजेको भन्दै सूचनाको हक कार्यान्वयनमा सबै पक्षको सक्रियता आवश्यक भएको ठहर गरे । 

उनले सूचनाको हकसम्बन्धी चेतना पालिका तहसम्म नै प्रसार हुनुपर्ने बताए ।  

मन्त्री लेखीले सञ्चार क्षेत्रमा रूपान्तरण ल्याउन प्रदेश सरकारले गर्नुपर्ने कामकाजका बारेमा सञ्चारसम्बद्ध संस्था र सञ्चारकर्मीको सल्लाह अपेक्षित रहेको बताए । ‘सरकारलाई मात्र दोष दिएर हँुदैन, कामका लागि यथोचित सल्लाह दिएर सञ्चारजगतले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्छ,’ उनले भने । 

मन्त्री लेखीले सञ्चार क्षेत्रको विकासका लागि गर्नुपर्ने कामकाजका बारेमा सुझाव संकलन गर्न मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको र समितिले काम गरिरहेको पनि जानकारी दिए । 

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमा गुरुङले सूचनाको हक प्रयोग गरी प्राप्त भएका सूचनाका आधारमा ठूलठूल्ला अनियमितता र भ्रष्टाचारबारे महत्तवपूर्ण तथ्य सार्वजनिक भएको र विधिप्रक्रिया स्थापित हुनुका साथै बेथितिमा परिवर्तन आएको बताए । ‘तर सूचनाको हकअन्तर्गत अझै पर्याप्त सूचना माग भएको देखिँदैन । यसका लागि प्रदेश र पालिका स्तरमा चेतना आवश्यक छ,’ उनले भने । 

आयोजक संस्थाका अध्यक्ष उमिद वागचन्दको सभापतित्वमा भएको कार्यक्रममा रोशन झालगायतका वक्ताहरूले सूचनाको हकका महत्त्वका बारेमा आआफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..