स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन द्वारा सरसफाइ कार्यक्रम

2 वर्ष पहिले प्रकाशित

 

विक्रम साह 

जनकपुर धाम, आशिन २२ मंगल बार 

 

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल, मधेस प्रदेश कार्य समितिद्वारा जनकपुरधाम स्थित रहेको धार्मिक एतिहासिक गंगा सागर सरसफाइ कार्यक्रम आज बडा दशैं पञ्चमि तिथिका दिन आज बिहान आयोजन गरेका छन।

 

  सेभ द हिस्टोरिकल जनकपुरधाम गंगासागर सरसफाइ अभियन्ता प्रदेश सांसद राम आशिष यादबको प्रमुख आथित्यमा भएको कार्यक्रम लाई सम्बोधन गर्दै मधेस प्रदेशका घोषित राजधानी भाइ सकेको अवस्थामा अब हाम्रो सरसफाइ प्रती सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताउँदै पर्यटकिय गन्तव्यका लागि हामीले हाम्रो गाउँ ठाउँ लाई सफा सुग्घर, हरियो नेपाल बनाउनमा मनै देखी समुहगत रुपमा सरसफाइमा दोड दिनुपर्ने कुरामा माननिय यादबले जोड दिएका थिए।

 

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल, मधेस प्रदेश कार्य समितिद्वारा संगठनका केन्द्रिय सचिब तथा मधेश प्रदेश समितिका महासचिब सुरेश कुमार रोहिताले आफुहरुको कर्मचारी संगठन कुनै पनि राजनितिक दल संग आबद्ध नरहेको र सामाजिक उत्तदायित्व अन्तर्गत यस्ता समाजिक कार्यमा निरंतर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।

 

सरसफाईमा सक्रिय रहेका आधा दर्जन कर्मचारीहरुलाई मनोबल बढाउँदै मधेश प्रदेश संगठनका अध्यक्ष तुला कृष्ण गोईतले दोसल्ला ओढाएर सम्मान गरेका थियो ।

 

पुर्व सभासद राम औतार पासवान, संगठनमा आबद्ध पदाधिकारी र जनकपुरधाम उप-महानगर पालिकाका सरसफाइ कर्मचारी समेतको उपस्तिथिमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ

। 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..