श्री राम पतञ्जली योग शिविर द्वारा तीज कार्यक्रम

2 वर्ष पहिले प्रकाशित

 जनकपुरधाम/मिश्रीलाल मधुकर 

भाद्र १६ आईतवार 

   श्री राम युवा समिति द्वारा सञ्चालित श्री राम पतञ्जली योग शिविरले शनिबार साँझ नोचा पोखरको तटमा आयोजना गरेको तीज कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मनोज कुमार साह थिए।जनकपुर धामका मेयर मनोजकुमार साहले तीज लाई उतस्व ,भलाकुसारी , आपसी सदभाव सौहार्दताका रूपमा लिन जोड हाम्रो राम्रो संस्कृति लाई संरक्षण सम्वर्द्धन गर्नुपर्ने बताएका थिए। हिन्दू धर्मावलम्बीहरुको महान पर्व तीज पतिको सुस्वास्थ्य र दीर्घायुको लागि गरिन्छ । सामान्य जीवनमा पति पत्नी कोसधैं यस्तै साथ हुनुपर्छ। सानातिना कुरामा अहंकार भन्दा पनि आपसी समझदारी हुनुपर्छ । राम युवा समितिका उपाध्यक्ष रामप्रताप साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राम युवा समितिका पूर्वअध्यक्ष प्रमोदकुमार चौधरी, योगगुरु विमल पण्डित, पतञ्जली योग समितिका जिल्ला अध्यक्ष सञ्जीव यादव, जनकपुरधाम उपमहानगरपालिकाका कार्यकारी सदस्य शैलकुमारी साह, योग साधिका लामा दिदी लगायतकाले आ आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..