आज श्रीकृष्ण जन्माष्टमी धूम धामका साथ मनाइदैँ

2 वर्ष पहिले प्रकाशित

 

 इन्द्र भुषण यादव 

जनकपुरधाम, भदौ १० गते 

 

जनकपुरधाम स्थित गोपाल सेवा समितिमा रहेका एक मात्र कृष्ण मन्दिरमा श्रीकृष्णजन्माष्टमी धुमधामका साथ मनाउँदै छन् ।आज बिहानैदेखि श्रीकृष्ण मन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।

श्रीकृष्णाजन्माष्टमीको अवसरमा प्रत्येक वर्ष कृष्ण मन्दिरमा विशेष पूजापाठ गरिदै आएको छ । आज साेमबार भगवान श्रीकृष्णको जन्मोत्सव मनाइदै छन् । गोपाल सेवा समितिले श्रीकृष्ण मन्दिरलाई दुल्ही झैं सजाएको छ । आज साेमबार राति १२ बजे भगवान कृष्णको जन्म भएको मान्यता अनुसार विधिविधानका साथ मन्दिरमा पुजा अर्चना गरि कृष्णाष्टमी उत्सव मनाइरहेका छन् । धार्मिक तथा पर्यटकीय नगरी जनकपुधाम स्थित एक मात्र कृष्ण मन्दिरमा भक्तजनहरुको ओइरो लागेको छ । सामान्यतया दिनहुँ जसो भीड रहने सो मन्दिर कृष्णाष्टमीको अवसरमा अझै बढि आकर्षक बनेको छ । 

 

हातमा मुरली , शिरमा मयूरको प्वाँख लगाई बाँसुरीको मधूर धूनमा मस्त भगवान श्रीकृष्णको आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ । सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष हिन्दुधर्मावलम्बीहरुले धुमधामका साथ श्रीकृष्णाजन्माष्टमी मनाउने गरेका छन् । गोविन्द , कान्हा , कन्हैया , काले , मुरलीमनोहर , श्यामसुन्दर , माखनचोर , आदि बिभिन्न नामबाट बोलाईने कृष्णलाई जगतका सम्पुर्ण घटनाको मुख्य सर्जकाका रुपमा पनि स्मरण गरि पुजा अर्चना गरिने गरिएको छ । 

 

एका तर्फ न्याय र धर्मको रक्षार्थ विनाश र युद्धको नियतिसंग समानान्तर रुपमा गएको कृष्णको जीवन अर्को तर्फ शान्ति र मानवता तर्फ पूर्ण रुपमा निर्दिष्ट रहेको छ । 

 

श्रीकृष्ण जन्माष्टमी काे अवसरमा आज संस्कृतिक प्राेग्राम , मेला/ प्रसाद वितरण मंगलबार ११ गते दिउँसो १ बजेदेखि / छठिहार १५ गते शनिबार स्थान गाेपाल सेवा समितिले जनाएको छन् । यस पर्वका अवसरमा विगतमा काटिएको सार्वजनिक बिदालाई सरकारले फेरि निरन्तरता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..