७५ सदस्यीय आजपाको सर्लाही जिल्ला कमिटी घोषणा

2 वर्ष पहिले प्रकाशित

मलंगवा , सर्लाही 

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को सर्लाही जिल्ला भेलाले डा. नवलकिशोर साहको नेतृत्वमा ७५ सदस्यीय आजपा सर्लाही जिल्ला कमिटीको घोषणा गरेको छ । दोस्रो जिल्ला भेलाले डा. साहको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटि बाट बहुमतले चयन गरेको पार्टी प्रवक्ता चन्द्रभूषण साहले सोमबार जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

 

उपाध्यक्षमा सुनिल गुप्ता, प्रमोदकुमार साह, दिलीप कर्ण, कोशिलादेवी साह, सचिवमा डा. शैलेन्द्र यादव, सहसचिवमा जलन्धर साह, शशि अधिकारी, अधिवक्ता कौशलकिशोर साह र कोषाध्यक्षमा विवेक यादव रहेका छन् ।

 

सदस्यहरुमा देवनारायण चौधरी, सरोज महतो, शैलेन्द्र चौधरी, हरेश साह, जयनाथ साह, मुकेश गुप्ता, राजेश साह, राजिव चौधरी, हासिम हुसैन, लालबाबु साह, राकेश साह, रंजीता चौधरी, दिपेश्वर रौनियार लगायत रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रम समेत रहेका अनुसार जनकपुरधाम बाट जनतान्त्रिक तराई मुक्तिमोर्चाका (जयकृष्ण गाेइत) सचिवालय सदस्य श्याम यादव, कृषि बिकाश बैकका पूर्व मैनेजर रामसागर महासेठ सहित सयकडाैं नेता कार्यकर्ता आ ज पामा प्रवेश गरेका थिए।

 

दोस्रो जिल्ला सम्मेलनको उद्घाटन सर्लाहीको जानकी होटल एंड पार्टी पैलेश मलंगवामा आजपाका अध्यक्ष एवं पूर्वमन्त्री ममनिय प्रभु साहले उदघाटन गरेका थिए । भेलाको उद्घाटन गर्दै अध्यक्ष साहले लोकतन्त्र लाई दलतन्त्र बनाएका छन शासकहरु। जनताको शासन हैन नेता र पार्टीको शासन बनाएको भन्दै आम जनताको हितमा प्राथमिकीकरण हुन न सकेकोमा दुखेसो व्यक्त गरेका थिए । शासक वर्गको लुटकारी दलतन्त्रले मुलुक समृद्ध हुन नसक्ने बताउँदै उनले भ्रष्ट नेताहरुबाट परिवर्तन नहुने बताए ।

 

आजपा नेता डा. नवलकिशोर साहको अध्यक्षतामा सम्पन्न भेलामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष रिता साह, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभूषण साह सचिव उमेश कुशवाहा, धनुषाका श्रीचन मुखिया, स्थायी कमिटीका सदस्यहरु सुनिता साह, रवीन्द्र सिंह लगायतका नेताहरुको उलेख्य सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..