नेपालका चर्चित गायक गुरुदेव कामतको निधन, संगीत क्षेत्रमा अपूरणीय क्षति

2 वर्ष पहिले प्रकाशित

 

  जनकपुरधाम/मिश्रीलाल मधुकर 

साउन १७ बिहीबार 

  नेपालका अनुपम सांगीतिक प्रतिभा तथा मधेसका धरोहर गुरुदेव कामतको ६७ वर्षको उमेरमा बिहीबार काठमाडौंमा उपचारका क्रममा निधन भएको छ । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाविस वार्ड २ पोखरभिंडामा जन्मिएको थियो । उनले मैथिली, नेपाली, हिन्दी र भोजपुरीमा सयौं गीत गाएका छन । पछिल्लो प्रदर्शन मधेश प्रज्ञा प्रतिष्ठानले जनकपुरधाममा यस वर्षको माघ २८मा आयोजना गरेको एकल शास्त्रीय संगीत अंतिम प्रस्तुति थियो। ‘उठु जनकपुर भेले भोर’ जनकपुरका जनताले पराती गीतलाई निकै मन पराएका थिए।

   मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, वन तथा वातावरणमन्त्री त्रिभुवन साह, तमलोपाका नेता वृषेशचन्द्र लाल, माननिय रामाशीष यादव,मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापड़ि ‘भ्रमर’, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, पूर्व मेयर बजरंग साह, साहित्यकार रोशन जनकपुरी, सुजितकुमार झा, अशोक दत्त, , मधेस पत्रकार महासंघका अध्यक्ष राजेशकुमार कर्ण , मीडिया काउन्सिलका नि. प्रशासकीय प्रमुख मुनेश्वर यादव लगायतकाले 

उनको निधनमा शोक व्यक्त गर्दै संगीत क्षेत्रलाई अपूरणीय क्षति भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..