रामपुर स्वास्थ्य चौकीको स्तर वृद्धिको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र

2 वर्ष पहिले प्रकाशित

साउन १६

बारा, परवानीपुर— राष्ट्रिय एकता अभियानका केंद्रीय अध्यक्ष विनय यादवले रामपुर स्वास्थ्य चौकीको स्तरवृद्धि तथा जनशक्ति र उपकरणको व्यवस्था गरिदिन माग गर्दै नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाएका छन्। 

 

ज्ञापनपत्रमा उल्लेख भए अनुसार बारा जिल्लाको परवानीपुर गाउँपालिका स्थित रामपुर स्वास्थ्य चौकीमा कम्तीमा २५ वटा गाउँ र एक लाखभन्दा बढी जनसंख्या निर्भर छ। तर, स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति, औषधी, उपकरण, र स्वास्थ्य सेवा सुविधाको अभाव रहेकोले स्थानीय जनताले उचित सेवा प्राप्त गर्न नसकेको र महँगो शुल्क तिरेर नीजी स्वास्थ्य संस्थामा जान बाध्य भएको उल्लेख गरिएको छ।

 

ज्ञापनपत्रमा रामपुर स्वास्थ्य चौकीको भौतिक पूर्वाधार, भवन र अन्य सुविधाहरूको स्तरोन्नति, विशेषज्ञ चिकित्सक, MBBS डाक्टर, नर्स, र अन्य आवश्यक स्वास्थ्य कर्मीहरूको व्यवस्था, साथै अत्यावश्यक औषधी, उपकरण, र अन्य सामग्रीहरूको पर्याप्त आपूर्ति गरिनुपर्ने माग गरिएको छ।

 

विनय यादवले उक्त समस्याको समाधानका लागि शीघ्र कदम चाल्न स्वास्थ्य मन्त्रीलाई अनुरोध गर्दै, यो कदमले स्थानीय जनताले पाउने स्वास्थ्य सेवामा सुधार हुने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..