वैश्य कल्याण महासंघ धनुषाको सपथ ग्रहण समारोह

2 वर्ष पहिले प्रकाशित

जनकपुरधाम/मिश्रीलाल मधुकर

  साउन १२ शनिबार 

 

नेपाल वैश्य कल्याण महासंघ धनुषाको सपथ ग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल वैश्य कल्याण महासंघ धनुषाको जिल्ला अध्यक्ष श्याम साहको अध्यक्षता तथा सपथ ग्रहण समारोहका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष अमरनाथ गुप्ता रहेका थिए। सो अवसरमा समितिका वक्ताहरुले करदाता र मतदाताको रुपमा मात्र सीमित मात्रा न भई वैश्यका विभिन्न उपजातिहरु लाई संगठित गर्नुपर्ने आवश्यकता रहेको बताए । सबै उपजाति एकजुट भएर राजनीतिमा आएमा धेरै सफलता प्राप्त पार्न सकिन्छ । वक्ताहरुले वैश्य उपजातिहरु बीच रोटी बेटीको सम्बन्ध स्थापित भएको बताए । सो अवसरमा नेपाल वैश्य कल्याण महासंघ धनुषाका अध्यक्ष श्याम साह, उपाध्यक्ष श्री चन्द्र साह, सचिव श्याम कुमार साह ,सहसचिव अमित साह, कोषाध्यक्ष दिलीपकुमार साह, सदस्यहरु गण बेचन साह, इन्दु देवी साह, विकास साह, दिनेश साह, विन्देश्वर साह, विनोद साह लगायतको उपस्थिति रहेको थियो । साह, रमेश दास, चन्द्र भानु कुमार साह, शिवकुमार साह, सुरेश साह, मणिशंकर प्रसाद साह, महन्ती साह, रेखादेवी साह, निरञ्जन साह, सुष्मा राउत, विनोद ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

 

सपथ ग्रहण समारोहमा शम्भु साह, चन्द्र महासेठ, केन्द्रीय सदस्य राजकुमार साह, बार्ड १६ का पूर्व वार्ड अध्यक्ष रामचन्द्र पाजियाए , प्रा. सत्यनारायण ठाकुर, हरि राउत, राम युवा समितिका नवनिर्वाचित अध्यक्ष सरोजकुमार साह, महासचिव विनयकुमार साह लगायतले आफ्नो धारणा राखेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..