मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा सिरहाका शिवराम यादव

2 वर्ष पहिले प्रकाशित

 

जनकपुर धाम, साउन १० बिहीबार 

 

जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव लाई नियुक्त गर्न सिफारिस गरिएको छ।प्रदेशका मुख्यमन्त्री सतिश सिंहले शिवराम यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई सिफारिस गरेका हुन् ।

 

५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरियाका निवासी हुन् ।गत २०७६ भदौ ४ गते गठन भएको मधेश प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादव तथा सदस्य महारुद्र झा उमेर हदका कारण केही महिना अगाडि पदमुक्त भएका थिए । आयोगमा अहिले एकजना सदस्य डा. सुजाता देव मात्रै छिन् ।

 

तीन सदस्यीय आयोगमा दुई सदस्य रिक्त हुँदा कर्मचारी नियुक्ति र बढुवा लगायतका काम प्रभावित भएका छन् । आयोगले गर्ने कामका लागि दुई पदाधिकारी हुनैपर्ने कानुनी व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..