विपत व्यवस्थापनको पूर्व तयारीमा तीनै तहका सरकारबीच सहकार्य अति आवश्यक : मुख्यमन्त्री सिंह

2 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम , असार १८ मंगलबार 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विपतजन्य व्यवस्थापनको पूर्व तयारीमा तीनै तहका सरकारबीच सहकार्य हुन अति जरुरी रहेको बताउनुभएको छ ।

 

मधेश प्रदेशका गृह, संचार तथा कानून मन्त्री बिमला अन्सारीको अध्यक्षतामा मंगलबार जनकपुरधाममा भएको संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार अन्तर्गत विपत व्यवस्थापन लागि अन्तरसरकार सम्बन्ध सुढृढीकरण विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले विपतबाट जोगिन थोरै लगानीमा पूर्व तयारी गरिए ठूलो क्षतिको जोखिम कम गर्न सकिने बताउनुभयो । 

 

मधेश प्रदेश सरकार प्राकृतिक विपतको सामना गर्न साधन र श्रोतले भ्याएसम्मका सबै तयारी गर्न तयार रहेको उहाँको भनाइ थियो ।

 

मुख्यमन्त्री सिंहले प्राकृतिक विपतमा परेर घर गुमाएकाहरूलाई राहतस्वरुप १ लाख गरिबहरूलाई ३ लाखको घर बिमा गरिदिने गरि प्रदेश सरकारले रकम विनियोजन गरेको बताउनुभयो ।

 

मधेश प्रदेशका अर्थमन्त्री भरत प्रसाद साहले विपदतपछि पीडितलाई दिने राहत व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभयो ।

 

सो कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव,स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह,वन तथा वातावरण मन्त्री त्रिभुवन साहको पनि उपस्तिथि रहेको थियो।

 

त्यसैगरी , मधेश प्रदेशका ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, विभिन्न पालिकाका प्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..