सबैलामा पन्द्रदिने लोकसेवा तयारी कक्षा सम्पन्न

2 वर्ष पहिले प्रकाशित

 

जनकपुर धाम, जेष्ठ 31 गते 

 

सबैला नगरपालिकाको आयोजनामा संचालित १५ दिने नगर स्तरीय लोकसेवा तयारी कक्षा सम्पन्न भएको छ ।  

आयोजित एक समारोहका वीच लोकसेवा तयारी कक्षा समापन गरिएको हो ।कार्यक्रममा बोल्दै नगर प्रमुख कारीराम यादवले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न विद्यार्थीलाई आग्रह गरेका छन । उनले सहभागीहरुले लोकसेवा आयोगको परिक्षामा नाम निकालेर सरकारी सेवामा प्रवेश गर्न सकेमात्र कार्यक्रमले सार्थकता पाउँने बताए । तालिममा सक्रिय सहभागीता जनाएकोमा सहभागीहरुलाई धन्यवाद दिदै उनले आगामी दिनमा समेत लोकसेवा तयारी कक्षा तालिम संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

विश्वनाथ साहले लोकसेवा तयारी कक्षामा सहभगी हुन पाउँदा खुशी लागेको बताए । ऊनीहरुले कार्यक्रम उपलब्धिमुलक भएकोले आगामी दिनमा समेत कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । 

कार्यक्रममा प्रमुख अतिथि सबैला नगरपालिकाका नगर प्रमुख प्रशासकीय अधिकृत कृष्ण पौडेल ,बिरेन्द्र लाल कर्ण, वडा न.९ वडा अध्यक्ष मनीष राय,शेखर जनचेतना आधारभुत विद्यालयका प्रधानाध्यापक मनोजकुमार यादव,कार्यक्रम संयोजक विश्वास लाल कर्ण पत्रकार मुकेश कुमार ठाकुर लगायतका सहभागीता रहेका थिए । 

जेठ १५ गतेदेखि सुरु भएको लोकसेवा तयारी कक्षामा सबैला नगरपालिका अन्तर्गतका १३ वटै वडा र चार जना अन्य पालिकाका गरी ८२ जना विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..