नगराइन न पा -८ मा १५ शैयाको अस्पताल निर्माणका लागि शिलान्यास

2 वर्ष पहिले प्रकाशित

 

प्रवीण शाह 

जनकपुर धाम, जेष्ठ २५ शुक्रबार 

 

नगराइन न पा -८ खिरखिरीयामा स्वास्थ्य चौकी नजिकै सार्वजनिक जग्गामा १५ शैयाको आधारभूत अस्पताल निर्माणको काम थालनि गर्न आज एक कार्यक्रमको आयोजना गरी भवनको शिलान्यास गरिएको हो ।

 बैदिक मन्त्रोच्चारणका साथ नगराइन नगर पालिकाका नगर प्रमुख बिनय कुमार यादव र नगर उप प्रमुख राधा देवी यादवले संयुक्त रूपमा अस्पताल भवनको शिलान्यास गर्नु भएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५, १० र १५ शैया सम्मको अस्पताल नभएका स्थानिय पालिकाहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार अस्पताल भवनको शिलान्यास गरिएको राम गुलाम लाल कर्ण प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिनु भएको छ । अधिकृत कर्णले भैट सहित करिब चौबीस करोडको लागता,साढे चार तल्ले भवन १५ शैयाको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको बताए।

 

नगराइन नगर पालिकाका नगर प्रमुख बिनय कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रमा सम्बोधन गर्दै स्वास्थ्य नै धन हो भन्दै स्थानिय सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्य र शिक्षा लाई राखेको बताए ।नगरपालिकाको क्षेत्रफल ३९.०० वर्ग कि.मी. र कुल जनसंख्या करिब ३५६३०रहेका नगरपालिकामा यों अस्पताल निर्माण हुनु गौरव को विषय हो भन्दै नगरपालिका ९ वटा वडाहरु लाभान्वित हुने नगर प्रमुख यादवले विश्वास व्यक्त गरेका छन।अस्पताल निर्माणका लागि शिलान्यास 

कार्यक्रममा स्थानिय वार्ड अध्यक्षहरु,कर्मचारी , नागरिक समाज, स्थानिय भाद्र भलाद्मी लगायतका उलेख्य सहभागिता रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..