नगराइन न पा -८ मा १५ शैयाको अस्पताल निर्माणका लागि शिलान्यास

2 वर्ष पहिले प्रकाशित

 

प्रवीण शाह 

जनकपुर धाम, जेष्ठ २५ शुक्रबार 

 

नगराइन न पा -८ खिरखिरीयामा स्वास्थ्य चौकी नजिकै सार्वजनिक जग्गामा १५ शैयाको आधारभूत अस्पताल निर्माणको काम थालनि गर्न आज एक कार्यक्रमको आयोजना गरी भवनको शिलान्यास गरिएको हो ।

 बैदिक मन्त्रोच्चारणका साथ नगराइन नगर पालिकाका नगर प्रमुख बिनय कुमार यादव र नगर उप प्रमुख राधा देवी यादवले संयुक्त रूपमा अस्पताल भवनको शिलान्यास गर्नु भएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५, १० र १५ शैया सम्मको अस्पताल नभएका स्थानिय पालिकाहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार अस्पताल भवनको शिलान्यास गरिएको राम गुलाम लाल कर्ण प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिनु भएको छ । अधिकृत कर्णले भैट सहित करिब चौबीस करोडको लागता,साढे चार तल्ले भवन १५ शैयाको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको बताए।

 

नगराइन नगर पालिकाका नगर प्रमुख बिनय कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रमा सम्बोधन गर्दै स्वास्थ्य नै धन हो भन्दै स्थानिय सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्य र शिक्षा लाई राखेको बताए ।नगरपालिकाको क्षेत्रफल ३९.०० वर्ग कि.मी. र कुल जनसंख्या करिब ३५६३०रहेका नगरपालिकामा यों अस्पताल निर्माण हुनु गौरव को विषय हो भन्दै नगरपालिका ९ वटा वडाहरु लाभान्वित हुने नगर प्रमुख यादवले विश्वास व्यक्त गरेका छन।अस्पताल निर्माणका लागि शिलान्यास 

कार्यक्रममा स्थानिय वार्ड अध्यक्षहरु,कर्मचारी , नागरिक समाज, स्थानिय भाद्र भलाद्मी लगायतका उलेख्य सहभागिता रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..