विषादी प्रयोग भएको आँप बिक्री बितरण हुँदा पनि सम्बन्धित निकाई मौन

2 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुरधाम, जेठ ११ गते शुक्रबार 

 

जनकपुरधाममा

बढि विषादी प्रयोग गरी पकाइएको आँप बजारमा बिक्री भइरहेका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत आसपासका सहरमा बढि कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले अन्य कडा केमिकल वा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन । 

 

भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप राजधानी जनकपुरधाम सहित आसपासका सहर बजार हरुमा खुल्लामा बिक्री भइरहेको देख्न पाइन्छ। विषादी प्रयोग गरेर पकाइएको आँपले स्वास्थ्यमा असर पार्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकहरुको सल्लाह रहेको हुन्छन। कडा केमिकल को प्रयोग बाट पकाएका फल खानाले स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने गरेको बताउँछन् डाकटारहरू ।

 

 

 विषादी हालेर पकाइएको आँप बिक्री वितरणमा सम्बन्धित निकायले समयमै राेक नलगाएकाे कारणले अहिले व्यापारीले चोकचोकमा खुलेआम विषादी हालेको आँपको विक्री गरिरहेको स्थानीयवासीको भनाइ छ । विषादी प्रयोग गरी पकाइएको आँप विक्रीवितरण गर्ने व्यापारीलाई कारबाही हुनुपर्ने स्थानीयहरुकाे भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..