फिजियोथेरापी संघको अध्यक्षमा मण्डल चयन

3 वर्ष पहिले प्रकाशित

 

 

जनकपुर धाम 

   वैशाख २९ गते शनिवार 

नेपाल फिजियोथेरापी संघ ,मधेश प्रदेश

दोश्रो वार्षिक साधारण सभा तथा प्रादेशिक अधिवेशन २०८१ सम्पन।

 

नेपाल फिजियोथेरापी संघ मधेश प्रदेशको अध्यक्षमा डा . राजेश कुमार मण्डल सर्वसम्मतले चयन भएका छन्। आज शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधामको जेसीज भवनमा सम्पन्न भएको नेपाल फिजियोथेरापी संघ मधेश प्रदेशको दोश्रो कार्य समितिमा संघको विधानको धारा २१ अनुसार फिजियोथेरापी संघको मधेश प्रदेश भेलाले मण्डलको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो।

 

समितिको उपाध्यक्षमा भगवान झा , सचिवमा राजेश कुमार साह, सह सचिवमा मनिष कुमार साह,कोषाध्यक्षमा मंजू यादव, सह कोषाध्यक्षमा प्रतिभा मण्डल चयन भएका छन। त्यसैगरी सदस्यहरुमा मिथलेश यादव, कृष्ण सिंह,अरुण साह, अशिवनी कुमार ठाकुर, गणेश शर्मा रहेका छन्।

 

अध्यक्ष मण्डलले पछिल्लो समय फिजियोथेरापी उपचार प्रशिद्ध भरपर्दो सेवा बन्दै गएको बताए । उनले सर्वसाधारणमा यसबारे जनचेतना बढेको परिपेक्षमा गुणस्तरीय, भरपर्दो सर्वामा समेत ध्यानाकर्षण गर्न आग्रह गरेका थिए। अहिले कम्पिटिसनको जमानामा पेशागत संगठन अति आवश्यक रहेको बताए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..