फिजियोथेरापी संघको अध्यक्षमा मण्डल चयन

2 वर्ष पहिले प्रकाशित

 

 

जनकपुर धाम 

   वैशाख २९ गते शनिवार 

नेपाल फिजियोथेरापी संघ ,मधेश प्रदेश

दोश्रो वार्षिक साधारण सभा तथा प्रादेशिक अधिवेशन २०८१ सम्पन।

 

नेपाल फिजियोथेरापी संघ मधेश प्रदेशको अध्यक्षमा डा . राजेश कुमार मण्डल सर्वसम्मतले चयन भएका छन्। आज शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधामको जेसीज भवनमा सम्पन्न भएको नेपाल फिजियोथेरापी संघ मधेश प्रदेशको दोश्रो कार्य समितिमा संघको विधानको धारा २१ अनुसार फिजियोथेरापी संघको मधेश प्रदेश भेलाले मण्डलको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो।

 

समितिको उपाध्यक्षमा भगवान झा , सचिवमा राजेश कुमार साह, सह सचिवमा मनिष कुमार साह,कोषाध्यक्षमा मंजू यादव, सह कोषाध्यक्षमा प्रतिभा मण्डल चयन भएका छन। त्यसैगरी सदस्यहरुमा मिथलेश यादव, कृष्ण सिंह,अरुण साह, अशिवनी कुमार ठाकुर, गणेश शर्मा रहेका छन्।

 

अध्यक्ष मण्डलले पछिल्लो समय फिजियोथेरापी उपचार प्रशिद्ध भरपर्दो सेवा बन्दै गएको बताए । उनले सर्वसाधारणमा यसबारे जनचेतना बढेको परिपेक्षमा गुणस्तरीय, भरपर्दो सर्वामा समेत ध्यानाकर्षण गर्न आग्रह गरेका थिए। अहिले कम्पिटिसनको जमानामा पेशागत संगठन अति आवश्यक रहेको बताए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..