समृद्ध समाज निर्माणका लागी वित्तीय साक्षरता अतिआवशयक - गाँ पा अध्यक्ष

2 वर्ष पहिले प्रकाशित

 

जनकपुर धाम, चैत्र २३ गते शुक्रबार

 धनौजी गाउँपालिका का अध्यक्ष राज कुमार साहले समृद्ध समाज निर्माणका लागि वित्तीय साक्षरता अति आवश्यक रहेको आज शुक्रबार एक कार्यक्रममा बताएका छन। 

बचत गरौं आत्म निर्भर बनौ मूल नाराका साथमा आज धनौजी गाउँपालिका २ मा भएको सहकारी तालिममा प्रमुख अतिथिको आसन बाट वोल्दै अध्यक्ष साहले अहिलेको बचत भविष्यको सहारा बन्ने भएको तथा आफनो पूँजी लाई हमेसा उत्पादनमुखी कार्यमा लगानी गर्दा जीवन सुन्दर हुने बताएका थिए। सामूहिक भावनाका साथमा संचालन हुने सहकारी एक बिज्ञान हुन तर केही व्यक्तिहरूका कारणले बदनाम भएको अवस्थामा सचेत भई संचालन गर्न आग्रह गरेका थिए।

 

 धनौजी गाउँपालिकाको सहयोगमा तथा जन चेतना नेपालकाे आयोजनामा भएको कार्यक्रममा अध्यक्ष दीपक कुमार मिश्रले सामूहिक भावयुक्त सहकारी गतिबधि सम्बन्धी जानकारी मूलक तलीम बाट सीखेका ज्ञान लाई व्यवहारमा लगाउन सके मात्र तालिमको सार्थकता रहने बताएका थिए। ४०जना सहभागिता रहेका तालिम शुक्रबार देखि २५आइतार सम्म तिन दिन र दोश्रो चरण २६ गते सोमबार देखि २८गते बुधबार सम्म तीन दिन गरी जम्मा ६दिनको तालिम हुने अध्यक्ष मिश्राले बताएका थिए।

आजको उदघाटन सत्रमा धनौजी गाउँपालिका का

वार्ड सदस्य अलि नादाफ, वार्ड सदस्य शेमा पासमान लगायतकाले आ - आफनो मन्तव्य व्यक्त गरेका थिए।

 

 

 

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..