समृद्ध समाज निर्माणका लागी वित्तीय साक्षरता अतिआवशयक - गाँ पा अध्यक्ष

3 वर्ष पहिले प्रकाशित

 

जनकपुर धाम, चैत्र २३ गते शुक्रबार

 धनौजी गाउँपालिका का अध्यक्ष राज कुमार साहले समृद्ध समाज निर्माणका लागि वित्तीय साक्षरता अति आवश्यक रहेको आज शुक्रबार एक कार्यक्रममा बताएका छन। 

बचत गरौं आत्म निर्भर बनौ मूल नाराका साथमा आज धनौजी गाउँपालिका २ मा भएको सहकारी तालिममा प्रमुख अतिथिको आसन बाट वोल्दै अध्यक्ष साहले अहिलेको बचत भविष्यको सहारा बन्ने भएको तथा आफनो पूँजी लाई हमेसा उत्पादनमुखी कार्यमा लगानी गर्दा जीवन सुन्दर हुने बताएका थिए। सामूहिक भावनाका साथमा संचालन हुने सहकारी एक बिज्ञान हुन तर केही व्यक्तिहरूका कारणले बदनाम भएको अवस्थामा सचेत भई संचालन गर्न आग्रह गरेका थिए।

 

 धनौजी गाउँपालिकाको सहयोगमा तथा जन चेतना नेपालकाे आयोजनामा भएको कार्यक्रममा अध्यक्ष दीपक कुमार मिश्रले सामूहिक भावयुक्त सहकारी गतिबधि सम्बन्धी जानकारी मूलक तलीम बाट सीखेका ज्ञान लाई व्यवहारमा लगाउन सके मात्र तालिमको सार्थकता रहने बताएका थिए। ४०जना सहभागिता रहेका तालिम शुक्रबार देखि २५आइतार सम्म तिन दिन र दोश्रो चरण २६ गते सोमबार देखि २८गते बुधबार सम्म तीन दिन गरी जम्मा ६दिनको तालिम हुने अध्यक्ष मिश्राले बताएका थिए।

आजको उदघाटन सत्रमा धनौजी गाउँपालिका का

वार्ड सदस्य अलि नादाफ, वार्ड सदस्य शेमा पासमान लगायतकाले आ - आफनो मन्तव्य व्यक्त गरेका थिए।

 

 

 

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..