नेपाल ग्यास उद्योग द्वारा ६ सय थान बढी सिलिण्डर नष्ट

3 वर्ष पहिले प्रकाशित

 

 

जनकपुरधाम, २२ चैत । नेपाल ग्यास उद्योग (नारायणी) प्रा. लि.ले ६ सय बढी पुरानो तथा काम नलाग्ने सिलिण्डरहरू नष्ट गरेको छ ।

बाराको सिमरामा स्थित बालाजु औद्योगिक क्षेत्रमा रहेको सो कार्यालयमा ६ सय ६५ वटा सिलिण्डर नष्ट गरेको सो कार्यालयका कार्यालय प्रमुख जिवन छत्कुलीले जनाइएको छ ।

नेपालमा खाना पकाउने एल.पि. ग्यास तथा उच्च गुणस्तरिय सिलिण्डरहरु आयत गरी विगत ३६ वर्षदेखि निरन्तर रुपमा उपभोक्ताहरुलाई सेवा पुरयाउदै आएको यस उद्योगले विगत देखि नै उपभोक्ताहरुको सुरक्षालाई मुख्य दृष्टिगत गरी गुणस्तर सिलिण्डर प्रयोग गरी आएकोमा समय समयमा पुरानो तथा प्रयोग गर्न नमिल्ने सिलिण्डरहरुको हाइड्रोस्टिक टेस्ट गरी प्रयोग गर्न नमिल्ने सिलिडरहरु छनौट गरी नष्ट गरेको प्रेस विज्ञप्ति जारी गरी जनाइएको छ ।

विज्ञप्तिमा उपभोक्ताहरुको सुरक्षा तथा ग्यास प्रयोगबाट सुरक्षित हुने गरी भविष्यमा पनि प्रयोगमा ल्याउन नमिल्ने सिलिण्डरहरुको छनौट गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिई सुरक्षित सेवा प्रदान गर्ने तर्फ प्रतिवद्ध रहेको समेत उल्लेख गरेको छ

।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..