अन्तर पालिका क्रिकेट कप २०८१ प्रतियोगिता बैशाख १ गते देखि हुने

3 वर्ष पहिले प्रकाशित

 

 

जनकपुरधाम/चैत ७ गते

   जनकपुरधाममा २०८१ बैशाख १ गतेदेखि “अन्तर पालिका क्रिकेट कप २०८१ ” प्रतियोगिता हुने भएको छ। न्यु भिजन नेपाल र जनकपुर स्पोर्ट क्लबको आयोजनामा पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

 

आयोजकले आज बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका संयोजक अम्भु प्रसाद साहले प्रतियोगितामा देशभरकै सबै स्थानीय तह हरुलाई पत्राचार गरी भाग लिन अपिल गरिने बताए। आयोजकले कम्तिमा पनि ३२ वटा पालिका सहभागी हुने आशा रहेको जानकारी दिए । वहाले अहिले भिजिट जनकपुरधाम चलिरहेको र यहाँ हुने गरेको क्रिकेट खेलको गतिविधिले समेत पर्यटन प्रबर्द्धनमा मदत पुग्ने बताए । संयोजक साहले प्रतियोगिता लिग चरणमा टी-२० फर्मेटमा हुने बताए। साथै प्रतियोगितामा कुल २८ लाख खर्च हुने अनुमान गरिएको पत्रकार सममेलनमा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..