चुरेमा संरक्षणका लागि चुरेको काखमा स्थलगत अन्तरकृया तथा सचेतना कार्यक्रम

2 वर्ष पहिले प्रकाशित

 

 

बर्दिवास

   अनीतेश यादव

 

 चुरे तथा वन जंगल संरक्षण अभियानको आयोजनामा बर्दिवास नगरपालिका वार्ड नं १ चुरेको काखमा" रहे पानी पानी रहे हामी " मूल नाराका साथमा स्थालगत चुरे संरक्षण सम्वर्द्धन सम्बन्धमा एक दिने अन्तरकृया तथा सचेतना कार्यक्रमको आयोजना गरेका छन।

 

चुरे संरक्षण अभियानका संयोजक सुनिल यादवको अगुवाईमा भएको कार्यक्रम लाई सम्बोधन गर्दै आजको युगको महत्त्वपूर्ण समस्या मध्ये जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नका लागि चुरेवन प्राकृतिक संरक्षणमा जोड दिनुपर्ने आग्रह गर्दै चुरे संरक्षण अभियानी यादवले जलवायु परिवर्तनका कारण अहिले त्यसको प्रत्यक्ष असर सबै क्षेत्रमा देखिन थालेको छ,’ जीवजन्तु ,बालीनाली, फलफूल, पशुपन्छी, मौसमका साथै मानवमा समेत यसको असर देखिन थालेको छ । असर कम गर्नका लागि प्राकृतिक वातावरणको संरक्षण सम्बर्द्धन गर्नु नै प्रमुख उपाय हो ।

चुरे विनाश क्रमसः बढिरहेको सन्दर्भमा मानव जीवन संकटमा प्रने देखीन्छ नै । प्रकर्तिक दोहन गरिरहेको हुन्छन् र हाम्रो समाजको जिम्मेवार निकायको मौन रहेको हुनुनै दुखद हो भन्दै यादवले चुरे उत्खनन गर्ने माफिया भन्दा बढी दोषि संरक्षण गर्ने सम्बन्धित निकाय बढी दोषि देख्छु।

 

पूरे उत्थानशील आयोजना बर्दिवास महोतरीको सहयोग तथा चुरे तथा वन जंगल संरक्षण अभियानको आयोजनामा भएको स्थालगत चुरे संरक्षण सम्वर्द्धन सम्बन्धमा भएको कार्यक्रममा चुरे संरक्षण सम्वर्द्धन अभियानमा लागेका प्रदेश बन मन्त्रालयका पूर्व सचिव नन्दलाल राय यादव, निरज अधिकारी, विशाल बस्नेत, आशा देवी,राम भक्त यादव लगायतका सहभागिता रहेका कार्यक्रम सञ्चालन पत्रकार सुनिता बरालले गरेकी थिईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..