मैत्रीपूर्ण क्रिकेट खेलमा पत्रकार महासंघ धनुषा र नवमिथिला फाउन्डेसन विजयी

3 वर्ष पहिले प्रकाशित

 

फागुन ५शनिबार 

 जनकपुरधाम स्थित बाह्रबिघा मैदानमा आज भएको मैत्रीपूर्ण क्रिकेट खेलमा नेपाल पत्रकार महासंघ धनुषा र नवमिथिला फाउन्डेसन विजयी भएका छन । रंङ्गभूमि मैदानमा भएको पहिलो खेल नेपाल पत्रकार महासंघ धनुषा र जनकपुर उद्योग बाणिज्य संघ बिच भएको थियो। जसमा जनकपुर उद्योग बाणिज्य संघले टस जितेर पहिला ब्याटिङ गरेको थियो। जनकपुर उद्योग बाणिज्य संघको क्रिकेट टिमले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर ५३ रन बनाएको थियो ।

 

पहिले ब्याटिङ्ग गरेको जनकपुर उद्योग बाणिज्य संघ तर्फवाट माया कुमारीले सर्वाधिक १२ रन बनाए । नेपाल पत्रकार महासंघ धनुषाको तर्फ बाट घनश्याम मिश्रा ले २ विकेट लिएका थिए। 

 

जवाफमा ब्याटिङ्ग गर्न आएको नेपाल पत्रकार महासंघ धनुषाका क्रिकेट टिमले ८.२ ओभरमा ६ विकेटको क्षतिमा ५४ रन बनाएर ४ विकेटले खेल जित्यो।नेपाल पत्रकार महासंघ धनुषाका क्रिकेट टिमका तर्फबाट कमलेश ठाकुरले सर्वाधिक १४ रन बनाएका थिए।जनकपुर उद्योग बाणिज्य संघको क्रिकेट टिमबाट बलिङ गरेका बलर मध्ये मनिस रमणले सर्वाधिक ३ विकेट लिएका थिए।

उक्त खेलमा नेपाल पत्रकार महासंघ धनुषाका क्रिकेट टिमका घनश्याम मिश्र म्यान अफ द म्याच घोषत भएका थिए।

 

 

यस्तै आजको दोस्रो खेल जनकपुर जेसिज र नव मिथिला फाउन्डेसन बिच भएको थियो। जसमा जनकपुर जेसिजले टस जितेर पहिला ब्याटिङ गरेको थियो। जनकपुर जेसिजको क्रिकेट टिमले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

 

पहिले ब्याटिङ्ग गरेको जनकपुर जेसिजको तर्फवाट सिद्धार्थ चौधरीले सर्वाधिक ७५ रन बनाए । नव मिथिला फाउन्डेसनको तर्फ बाट शम्भुले २ विकेट लिएका थिए। 

 

जवाफमा ब्याटिङ्ग गर्न आएको नव मिथिला फाउन्डेसनका क्रिकेट टिमले १४ ओभरमा ३ विकेटको क्षतिमा १५७ रन बनाएर ७ विकेटले खेल जित्यो। मिथिला फाउन्डेसनका क्रिकेट टिमका तर्फबाट सन्देश कटुवालले ५० रन र गौतम झा ले ५४ रन

बनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..