देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

4 वर्ष पहिले प्रकाशित

२ कात्तिक, काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।

महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभिभावकलाई आग्रह गरेको छ । आज खान छुटेकाहरुलाई भोलि ९कात्तिक ३ गते० खुवाउन सकिन्छ ।

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।

यो कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिने महाशाखाका निर्देशक डा। विवेक कुमार लालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..