रसुवा बाढीपीडितका लागि नगराईन –३ बाट राहत सामग्री पठाइयो

6 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, भदौ २२ गते 

रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विपद प्रभावित नागरिकका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगराईन नगरपालिका–३ रामबाग वडा कार्यसमितिले राहत सामग्री संकलन गरी रसुवातर्फ पठाएको छ।

 

विपद्को समयमा पीडित नागरिकलाई साथ दिने उद्देश्यले वडा कार्यसमितिको पहलमा लत्ताकपडा, अन्न–अनाज, औषधि तथा दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्री संकलन गरिएको थियो। संकलित राहत सामग्री बाढीपीडित सम्म पुर्‍याउने गरी पठाइएको वडा कार्यसमितिले जनाएको छ।

राहत सामग्री संकलन तथा व्यवस्थापनमा विश्वनाथ साहले सहयोग तथा सहजीकरण गरेका थिए। स्थानीय स्तरबाट संकलित सामग्रीलाई व्यवस्थित गरी पीडितसम्म पुर्याउने कार्यमा वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए।

राहत सामग्री हस्तान्तरण तथा पठाउने क्रममा वडा सभापति शत्रुधन मण्डलले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको मानवीय दायित्व भएको बताए। उनले राहत तथा सहयोगलाई राजनीतिक सीमाभन्दा माथि उठेर मानव सेवाका रूपमा लिनुपर्नेमा जोड दिँदै विपद्मा परेका नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउनु नै वास्तविक सामाजिक उत्तरदायित्व भएको उल्लेख गरे।

उनले भने, “विपद् जुनसुकै ठाउँमा आओस्, पीडित नेपाली नागरिकको दुःखमा हामी सबैले आफ्नो क्षमताअनुसार साथ दिनुपर्छ। मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएकाले आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिनेछौँ।”

त्यस्तै, वडा उपसभापति दिलीप कुमार साहले विपद्का बेला सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो अर्थ राख्ने बताए। उनले राहत सामग्री संकलनमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै समाजमा मानवीय भावना र सहयोगको संस्कारलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।

उनले भने, “हामीले पठाएको सहयोग केवल सामग्री मात्र होइन, विपद्मा रहेका दाजुभाइ तथा दिदीबहिनीप्रति हाम्रो आत्मीयता र मानवीय संवेदनाको प्रतीक हो। कठिन परिस्थितिमा एकअर्काको दुःखमा साथ दिन सक्नु नै समाजको वास्तविक शक्ति हो।”

रास्वपा नगराईन नगरपालिका–३ वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा वडा सभापति शत्रुधन मण्डल, उपसभापति दिलीप कुमार साह, सचिव ओम कुमार साह, सह–सचिव अवधेश कुमार साह, महिला सदस्यहरू सुमिता देवी साह र मानकी देवी मण्डल तथा आमन्त्रित नगर सचिव रत्नेश्वर लाल कर्णलगायतको सहभागिता रहेको थियो।

वडा कार्यसमितिले विपद्, असहायता तथा कठिन परिस्थितिमा परेका नागरिकलाई सहयोग गर्नु राजनीतिक गतिविधिभन्दा माथिको मानवीय जिम्मेवारी भएको जनाएको छ। राहत सामग्री संकलन तथा सहयोग अभियानले स्थानीय समुदायमा पनि ‘मानव सेवामा सबैको सहभागिता’ भन्ने भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..