धनौजीमा स्वास्थ्य सेवाको वार्षिक समीक्षा, उत्कृष्ट स्वास्थ्य चौकीलाई कदरपत्र

10 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल 

जनकपुरधाम,भदौ १८ गते 

 

 धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरूको दुईदिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। भदौ १७ र १८ गते आयोजित गोष्ठीमा विभिन्न स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि तथा स्वास्थ्य सूचकका आधारमा स्वास्थ्य संस्थाहरूको मूल्याङ्कन गरिएको थियो।

गाउँपालिका अध्यक्ष राजकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

खोप, क्षयरोग, परिवार नियोजन, पोषण लगायतका स्वास्थ्य सूचकका आधारमा गरिएको मूल्याङ्कनमा बहुअर्वा स्वास्थ्य चौकी प्रथम, झोजी कटैया स्वास्थ्य चौकी द्वितीय र धनौजी स्वास्थ्य चौकी तृतीय भएका छन्। उत्कृष्ट स्थान हासिल गर्ने स्वास्थ्य चौकीहरू लाई कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख उमेश साहले स्वास्थ्य कार्यक्रमको प्रगति तथा उपलब्धि बारे जानकारी गराएका थिए। कार्यक्रमको सहजीकरण रीतलाल मण्डलले गरेका थिए।

त्यसैगरी जिल्ला जनस्वास्थ्य अधिकृत आशा मण्डल जनस्वास्थ्य प्रशिक्षकका रूपमा सहभागी भई स्वास्थ्य कार्यक्रमको प्रभावकारिता तथा आगामी कार्यदिशाका विषयमा सहजीकरण गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..