भोटेकोशी बाढीपीडितका लागि धनौजीको २२ लाख १५ हजार ५१५ रुपैयाँ सहयोग

2 महीना पहिले प्रकाशित

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम भदाै १५ गते 

 

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि धनुषाको धनौजी गाउँपालिकाले २२ लाख १५ हजार ५१५ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

 

गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट ७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। त्यस्तै, गाउँपालिकाका जनप्रतिनिधि, कार्यरत कर्मचारी तथा शिक्षकहरूको मासिक पारिश्रमिकबाट रकम कट्टा गरी थप १५ लाख १५ हजार ५१५ रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको गाउँ पालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

 

भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले विपद्का कारण ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनःस्थापना र सहज जनजीवनको कामना गरिएको छ।

गाउँपालिकाले विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै राज्यका निकाय, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट सहयोग र सहकार्य गर्न आग्रह गरेको छ।

धनौजी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले विपद्का बेला गरिने सहयोग आर्थिक योगदानमा मात्र सीमित नरही पीडित प्रतिको मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र एकताको प्रतीक समेत भएको बताए।

धनौजी गाउँ पालिकाको निर्णयले विपद्मा परेका नागरिकप्रति स्थानीय तहले देखाएको मानवीय संवेदना र सहकार्यको भावना प्रतिबिम्बित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..