रसुवाका बाढीपीडितलाई कतारस्थित गल्फ समाजको खाद्यान्न सहयोग

13 दिन पहिले प्रकाशित

 

राष्ट्रिय अवाज 

जनकपुरधाम, भदौ १५ गते 

 रसुवाको बाढी प्रभावित क्षेत्रमा कतारमा रहेको गल्फ समाज सेवा संस्थाले ४ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ।

संस्थाले गोसाइँकुण्ड गाउँपालिका–२ अन्तर्गत टिमुरे र घट्टेखोला क्षेत्रका बाढी प्रभावित परिवारका लागि दाल, चामल, नुन, तेललगायत दैनिक उपभोग्य खाद्यान्न सामग्री उपलब्ध गराएको हो।

गल्फ समाज सेवा संस्थाका अध्यक्ष जमशेद राइनका अनुसार बाढीका कारण प्रभावित परिवारलाई तत्काल राहत पुर्याउने उद्देश्यले खाद्यान्न सामग्री सहयोग गरिएको हो।

 

भोटेकोशी नदीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति पुर्याएपछि प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि सहयोगको आवश्यकता बढेको छ। बाढी प्रभावित क्षेत्रमा विभिन्न संघसंस्था, स्थानीय तह तथा विदेशमा रहेका नेपालीले राहत सहयोग गर्दै आएका छन्।

यसै क्रममा गल्फ समाज सेवा संस्थाले पनि मानवीय दायित्वअन्तर्गत खाद्यान्न सामग्री सहयोग गरेको अध्यक्ष राइनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..