रसुवाका बाढीपीडितलाई कतारस्थित गल्फ समाजको खाद्यान्न सहयोग

2 महीना पहिले प्रकाशित

 

राष्ट्रिय अवाज 

जनकपुरधाम, भदौ १५ गते 

 रसुवाको बाढी प्रभावित क्षेत्रमा कतारमा रहेको गल्फ समाज सेवा संस्थाले ४ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ।

संस्थाले गोसाइँकुण्ड गाउँपालिका–२ अन्तर्गत टिमुरे र घट्टेखोला क्षेत्रका बाढी प्रभावित परिवारका लागि दाल, चामल, नुन, तेललगायत दैनिक उपभोग्य खाद्यान्न सामग्री उपलब्ध गराएको हो।

गल्फ समाज सेवा संस्थाका अध्यक्ष जमशेद राइनका अनुसार बाढीका कारण प्रभावित परिवारलाई तत्काल राहत पुर्याउने उद्देश्यले खाद्यान्न सामग्री सहयोग गरिएको हो।

 

भोटेकोशी नदीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति पुर्याएपछि प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि सहयोगको आवश्यकता बढेको छ। बाढी प्रभावित क्षेत्रमा विभिन्न संघसंस्था, स्थानीय तह तथा विदेशमा रहेका नेपालीले राहत सहयोग गर्दै आएका छन्।

यसै क्रममा गल्फ समाज सेवा संस्थाले पनि मानवीय दायित्वअन्तर्गत खाद्यान्न सामग्री सहयोग गरेको अध्यक्ष राइनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..