श्री मा.वि. महुलियामा चारकोठे भवनको शिलान्यास

23 दिन पहिले प्रकाशित

दिपक श्रेष्ठ मण्डल

शहिदनगरपालिका,भदौ ५ गते 

 

शहिदनगरपालिकाको वडा नं ४, महुलिया स्थित श्री माध्यमिक विद्यालयमा चारकोठे विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार विस्तार गर्ने उद्देश्यले भवन निर्माण कार्य अघि बढाइएको हो।

शहिदनगरपालिकाका मेयर दिनेश प्रसाद यादवले आज शुक्रबार आयोजित कार्यक्रममा चारकोठे भवनको शिलान्यास गरेका छ्न। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ब्रम्हानन्द ठाकुर, सदस्य रिंकु कुमारी महरा, वडा प्रतिनिधि राजेश्वर यादव तथा शिक्षक प्रतिनिधि विदेश कुमार सहनीलगायतको उपस्थिति थियो।

प्राविधिक इन्जिनियर श्याम यादवका अनुसार भवन निर्माणका लागि कुल ७८ लाख ४९ हजार ९ सय ३१ रुपैयाँ ६८ पैसा लागत अनुमान गरिएको थियो। ई–बिड (e-Bid) मार्फत टेन्डर आह्वान गरिएपछि कृष्णा कन्स्ट्रक्सन सँग ५३ लाख ५० हजार २ सय ९४ रुपैयाँ १७ पैसामा निर्माण सम्झौता भएको हो।

 

निर्माण हुने भवन दुई तले हुनेछ। भवनको तल्लो तलामा दुई कोठा र माथिल्लो तलामा दुई कोठा गरी जम्मा चार कोठा निर्माण गरिनेछ। भवन निर्माण कार्यमा रङ्गरोगन सहित आवश्यक फिनिसिङको कामसमेत समेटिएको प्राविधिक इन्जिनियर यादवले जानकारी दिनुभयो।

नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यालयमा कक्षाकोठाको अभाव कम हुनुका साथै विद्यार्थीका लागि थप व्यवस्थित र सुविधायुक्त पठनपाठनको वातावरण तयार हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..