श्री हरि मानव कल्याण मञ्चद्वारा विपन्न तथा पीडित परिवार लाई खाद्यान्न सहयोग

8 घन्टा पहिले प्रकाशित

 

 

राष्ट्रिय अवाज 

जनकपुरधाम, साउन २० गते 

 

परोपकारी संस्था श्री हरि मानव कल्याण मञ्चले जनकपुरधामका विभिन्न स्थानमा रहेका विपन्न, असहाय तथा पीडित परिवारलाई अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरेको छ।

 

संस्थाले पहिलो चरणमा जनकपुरधाम उपमहानगरपालिका–१ स्थित रेलवे स्टेसन नजिकको मुसहर बस्तीमा पुगेर मुसहर (सदा) समुदायका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग वितरण गरेको थियो।

त्यसपछि टोली जनकपुरधाम–२३, बिन्धी पुगेर करिब एक वर्षअघि विभत्स हत्यामा भएको आँशु यादवको पीडित परिवारलाई राहतस्वरूप खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ। पीडित परिवारलाई कठिन परिस्थितिमा केही राहत पुग्ने विश्वासका साथ सहयोग गरिएको संस्थाले जनाएको छ।

 

यसैगरी जनकपुरधाम–२४ बसहियामा बिशनाथ दास ततमाको परिवारलाई पनि खाद्यान्न सहयोग गरिएको छ। उक्त परिवार आर्थिक रूपमा अत्यन्तै कमजोर रहेको तथा उनका तीन छोरीमध्ये दुई जना जन्मजात अपाङ्गता भएका र बोल्न नसक्ने अवस्थाका रहेकाले उनीहरूलाई विशेष प्राथमिकताका साथ सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ।

त्यसैगरी अमरजीत मण्डलको परिवार, बोधो मण्डलको परिवार तथा दुवै आँखाको दृष्टि गुमाएकी एक स्थानीय महिलालाई समेत खाद्यान्न सामग्री वितरण गरिएको छ।

संस्थाका अध्यक्ष तथा पत्रकार दिपक श्रेष्ठ मण्डलले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै समाजका असहाय, विपन्न, पीडित तथा आवश्यकतामा रहेका परिवारको साथमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरे। उनले सेवा कुनै जात, धर्म वा राजनीतिक विचार भन्दा माथिको मानवीय दायित्व भएको बताउँदै सहयोग अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जानकारी दिए।

स्थानीयवासीले संस्थाको यस मानवीय कार्यको प्रशंसा गर्दै यस्ता सेवामूलक अभियानले वास्तविक आवश्यकतामा रहेका परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, साउन २० गते    परोपकारी संस्था श्री हरि मानव कल्याण मञ्चले जनकपुरधामका विभ..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, साउन २० गते    जनकपुरधाम उपमहानगरपालिका–२४ बसहिया स्थित श्री गोगल प्रसा..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..