सुनचाँदी व्यवसायी संघमा नयाँ नेतृत्व, अध्यक्षमा राजिव कुमार साह ‘चन्दन’

12 घन्टा पहिले प्रकाशित

 

मोनु गुप्ता 

राष्ट्रिय आवाज

जनकपुरधाम, साउन ९ गते 

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुमार साह ‘चन्दन’ सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। संघको साधारणसभा पछि गठित वरिष्ठ सदस्य, पूर्व पदाधिकारी तथा निर्वाचन समिति सम्मिलित १५ सदस्यीय समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।

निर्वाचन समितिका संयोजक मनिष रमण साहका अनुसार संघको विधानअनुसार सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको हो। यससँगै संघले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पाएको छ।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा संजय कुमार साह, उपाध्यक्षमा श्यामप्रसाद साह, महासचिवमा प्रमोद कुमार साह, सचिवमा दीपक कुमार साह तथा कोषाध्यक्षमा शत्रोहन साह सर्वसम्मत निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा प्रविण साह, अलंकार कुमार ठाकुर, श्याम साह, ललन साह, संजय ठाकुर र अंकित साह चयन भएका छन्।

निर्वाचन समितिका अनुसार २०६१ सालमा दर्ता भएको जनकपुरधाम सुनचाँदी व्यवसायी संघको प्रस्तावनाअनुसार यसपटक जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र रहेका सदस्यहरूलाई समेटेर नयाँ कार्यसमिति गठन गरिएको हो। संघले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने तथा व्यवसायीबीच आपसी एकता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको जनाएको छ।

नवनिर्वाचित अध्यक्ष राजिव कुमार साह ‘चन्दन’ले राष्ट्रिय आवाज सँग कुराकानी गर्दै संघप्रति व्यवसायीहरूको विश्वासलाई कायम राख्दै व्यवसायीका साझा हितका विषयमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले व्यवसायीका समस्या समाधान, पेशागत सुरक्षा, बजार व्यवस्थापन तथा संघको संस्थागत विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..