रक्त अभाव न्यूनीकरणको लागि श्री हरि मानव कल्याण मञ्चको आकस्मिक रक्तदान शिविर

2 महीना पहिले प्रकाशित

 

 माेनु गुप्ता 

राष्ट्रिय आवाज 

जनकपुरधाम, श्रावण ९ गते 

मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यले श्री हरि मानव कल्याण मञ्चको आयोजनामा हरिशयनी एकादशीको पावन अवसरमा जनकपुरधामको ऐतिहासिक जनक चोकमा आज शनिबार आकस्मिक रक्तदान शिविर सम्पन्न भएको छ।

मञ्चका अध्यक्ष तथा पत्रकार दिपक श्रेष्ठ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामआशिष यादव प्रमुख अतिथि तथा प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रका प्रदेश प्रमुख डा. महारुद्र ठाकुर विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नागरिक अभियन्ता सुरेश प्रसाद रोहिता, जनकपुरधाम उपमहानगरपालिका–१६ का वडा अध्यक्ष रामचन्द्र साह,  राष्ट्रिय सरसफाइ अभियान्ता धिरेन्द्र कुमार साह,सामाजिक अभियन्ता दिपू ठाकुर, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, युवा तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख रामआशिष यादवले रक्तदान लाई मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक अभियानका रूपमा व्याख्या गर्दै स्वस्थ नागरिकलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरे। उनले भने, “रक्तदानभन्दा ठूलो मानव सेवा अर्को हुन सक्दैन। हाम्रो सानो प्रयासले कसैको अमूल्य जीवन बच्न सक्छ। समाजमा रक्तदानको संस्कार विकास गर्नु आजको आवश्यकता हो।” उनले यस्ता सेवामूलक अभियान सञ्चालन गरेकोमा आयोजक संस्थाको प्रशंसा गर्दै प्रदेश सरकारले पनि मानवीय सेवासम्बन्धी अभियानलाई सदैव सकारात्मक सहयोग गर्ने बताए।

विशिष्ट अतिथि डा. महारुद्र ठाकुरले अस्पतालहरूमा रगतको माग निरन्तर बढिरहेको उल्लेख गर्दै समयमै रगत उपलब्ध नहुँदा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने बताए। उनले रक्तदान पूर्ण रूपमा सुरक्षित, वैज्ञानिक र स्वास्थ्यका दृष्टिले पनि लाभदायी रहेको उल्लेख गर्दै भ्रम त्यागेर सबैलाई नियमित रक्तदान गर्न आग्रह गरे।

कार्यक्रमका वक्ताहरूले प्रदेशमा बढ्दो रगत अभावप्रति चिन्ता व्यक्त गर्दै रक्तदानलाई सामाजिक उत्तरदायित्व, मानवीय सेवा र जीवन बचाउने महान् कार्यका रूपमा व्याख्या गरे। उनीहरूले युवाहरूलाई नियमित रक्तदान अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गरे।

अध्यक्ष दिपक श्रेष्ठ मण्डलले “मानव सेवा नै साँचो धर्म हो” भन्ने मूल भावनाअनुसार आगामी दिनमा पनि रक्तदान, स्वास्थ्य सेवा तथा अन्य जनकल्याणकारी कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले रगतको अभावका कारण कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अभियानलाई अझ प्रभावकारी बनाइने बताए।

शिविरबाट संकलित रगत प्रदेशका विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको आवश्यकताअनुसार उपलब्ध गराइने आयोजकले जनाएको छ। साथै, श्री हरि मानव कल्याण मञ्चले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक सेवामूलक कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..