उद्योग विस्तारदेखि स्टार्टअप सम्म मन्त्री पटेलको प्राथमिकतामा

10 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, असार ३२ गते 

 

मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिष पटेलले आगामी आर्थिक वर्षका लागि उद्योग विस्तार, उद्यमशीलता विकास, लगानी प्रवर्द्धन तथा पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै महत्वाकांक्षी कार्यक्रम अघि सारेका छन्। प्रदेशको अर्थतन्त्रलाई गतिशील बनाउने, रोजगारी सिर्जना गर्ने तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ करोडौं रुपैयाँका विभिन्न योजना बजेटमा समेटिएका छन्।

 

मन्त्री पटेलको पहलमा जनकपुरलाई विवाह पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न 'जनकपुर वेडिङ डेस्टिनेसन' कार्यक्रमका लागि रु. १ करोड बजेट विनियोजन गरिएको छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको जनकपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।

उद्यमशीलता प्रवर्द्धनतर्फ नयाँ उद्यमीलाई ब्याज अनुदानका लागि रु. ५ करोड तथा स्टार्टअप उद्यमीलाई प्रविधि उपकरण हस्तान्तरणका लागि रु. १ करोड बजेट छुट्याइएको छ। यी कार्यक्रमले विशेषगरी युवा उद्यमीलाई व्यवसाय स्थापना तथा विस्तारमा सहयोग पुग्ने र स्वरोजगारका अवसर वृद्धि हुने अपेक्षा गरिएको छ।

औद्योगिक क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षालाई सुदृढ बनाउन अनिवार्य सुरक्षा बिमाका लागि रु. २० लाख विनियोजन गरिएको छ। साथै, कर प्रणालीप्रति आकर्षण बढाउन उत्कृष्ट करदाता सम्मान तथा उद्योग प्रवर्द्धनका लागि प्रदेशस्तरीय औद्योगिक मेला आयोजना गर्ने कार्यक्रमसमेत बजेटमा समावेश गरिएको छ।

पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि पर्यटन सम्भाव्यता अध्ययन तथा पर्यटकीय सम्पदाको मापदण्ड निर्माण गर्ने योजना पनि अघि सारिएको छ। यसले प्रदेशका पर्यटन गन्तव्यहरूको व्यवस्थित विकास र प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

मन्त्री कनिष पटेलले यी कार्यक्रमले उद्योग विस्तार, निजी लगानी आकर्षण, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धन मार्फत मधेस प्रदेशको आर्थिक समृद्धिको आधार मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, उद्योग दर्ता प्रक्रियालाई थप सहज, छरितो र प्रविधिमैत्री बनाउन नयाँ अनलाइन उद्योग दर्ता प्रणालीको औपचारिक उदघाटन विरगंजमा भोलि गरिने जानकारी पनि दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..