जनकपुरधाममा पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

1 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, असार ३ गते

‘जिती मधेश, खेली मधेश’ भन्ने मूल नारासहित जनकपुरधाममा पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता आज बुधबार देखि सुरु भएको छ।

 

मधेश खेलकुद परिषद्को आयोजनामा जनकपुरधाममा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री रामलखन दासले गरेका हुन्। मधेश खेलकुद परिषदका सदस्य–सचिव शिवजी प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा मन्त्री दासले कुश्ती नेपालको मौलिक र परम्परागत खेल भएको उल्लेख गर्दै यसको संरक्षण, विकास र व्यवसायीकरणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

उनले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र राष्ट्रिय एकताको भावना विकास गर्ने भएकाले खेल क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको धारणा व्यक्त गरे।

प्रतियोगितामा सातै प्रदेशका खेलाडीसहित विभागीय टोलीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।

कार्यक्रममा खेलकुद क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधि, प्रशिक्षक, खेलाडी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले मधेशमा पहिलोपटक राष्ट्रियस्तरको कुश्ती प्रतियोगिता आयोजना हुनु प्रदेशका लागि गौरवको विषय भएको बताएका थिए।

आयोजकका अनुसार प्रतियोगिताले कुश्ती खेलको प्रवर्द्धन, नयाँ प्रतिभाको पहिचान तथा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..