बैंकिङ कसुर मुद्दामा पक्राउ परेका प्रशिद्ध सेफ सन्तोष साह धरौटीमा रिहा

3 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल 

काठमाडौं,असार २ गते 

 

बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका ब्राण्ड मिथिला थालीका संचालक चर्चित नेपाली सेफ सन्तोष साह बिगो बराबरको धरौटी रकम बुझाएर रिहा भएका छन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार साह लाई मुद्दाको बिगो बराबरको रकम धरौटीमा राख्न लगाई हाजिर जमानीमा रिहा गरिएको हो। यद्यपि, घटनासम्बन्धी अनुसन्धान प्रक्रिया भने जारी रहेको प्रहरीले जनाएको छ।

 

“उहाँले बिगो बराबरको धरौटी बुझाए पछि हाजिर जमानीमा छाडिएको हो। अनुसन्धान जारी छ र आवश्यक पर्दा उपस्थित हुनुपर्नेछ,” एसपी भट्टराईले जानकारी दिए।

 

जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमति पश्चात् प्रहरीले सेफ साहलाई गत शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रमानन्द चोकबाट पक्राउ गरेको थियो। सोही प्रकरणमा सिराहाको कर्जन्हा नगरपालिका–९ निवासी ५८ वर्षीय नारायण साह सुडी लाई समेत नियन्त्रणमा लिइएको थियो।

गैरीधारा स्थित एक रेस्टुरेन्ट खरिदका क्रममा सहमति अनुसारको सम्पूर्ण रकम भुक्तानी नगरेको आरोप लगाउँदै शकुन्तला अधिकारी (थापा) ले साह विरुद्ध बैंकिङ कसुरको उजुरी दर्ता गराएकी थिइन्। उक्त उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं ल्याएको थियो।

धरौटीमा रिहा भए पनि सेफ साह विरुद्ध दायर मुद्दा अझै विचाराधीन अवस्थामा रहेको छ। प्रहरीले आवश्यक अनुसन्धान जारी राख्ने र बोलाएको समयमा उपस्थित हुनुपर्ने सर्तमा उनलाई रिहा गरिएको जनाएको छ।

अन्तर्राष्ट्रिय पाककला प्रतियोगिता तथा विभिन्न टेलिभिजन कार्यक्रममार्फत लोकप्रिय बनेका सेफ सन्तोष साहको पक्राउ र रिहाइको घटनाले सामाजिक सञ्जाल देखि सार्वजनिक वृत्त सम्म व्यापक चर्चा पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..