स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनका पदाधिकारीहरु सम्मानीत

2 वर्ष पहिले प्रकाशित

 

 

जनकपुरधाम

प्रकृति तथा संस्कृति संरक्षणका लागि स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेश प्रदेश कार्य समितिले जनकपुरधाम स्थित रहेको एतिहासिक धार्मिक स्थान गंगा सागरलाई सरसफाई गरेको थियो । 

राष्ट्रसेवककाे मन- जनतासँग संगठन भन्ने नाराका साथ सम्पूर्ण राष्ट्रसेवकहरूकाे प्रतिनिधित्व गर्दै ऐतिहासिक गंगा सागर घाट बाट सरसफाई अभियानकाे सुरूवात गरेकोमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालका पदाधिकारीहरूलाई सरसफाइ अभियान्ता मधेस प्रदेश सांसद मा. राम आशिष यादव बाट गंगा आरति स्थानमा सम्मान गरेका छन।

सम्मान कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश अध्यक्ष तुलाकृष्ण गोईत , केन्द्रीय सचिव एवं प्रदेशका महासचिव सुरेश कुमार रोहिता, केन्द्रीय सचिव लिलाधर कुश्वाह, केन्द्रिय सदस्य नुतन गोईत, केन्द्रीय सदस्य अमरेश यादव, प्रदेश सदस्य धर्मेन्द्र गोईत, राम कुमार यादव सहित समानित हुनुभएको हो । साे कार्यक्रममा प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले उक्त अभियानको प्रशंसा गर्दै आगामी दिनमा संगठन बाट हुने यस्ता अभियानमा आफुपनि सरिक हुने बताउनु भएका थिए । सरसफाईमा सक्रियताका साथ महत्त्वपूर्ण भूमिका निर्वाह गरेका आधा दर्जन कर्मचारीहरुलाई मधेश प्रदेश संगठनका अध्यक्ष तुलाकृष्ण गोईतले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा सङगठन मधेस प्रदेसका महासचिव सुरेश कुमार रोहिताले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..