रामायण काल संग झारखंडको सम्बन्ध छ :- कांग्रेस नेता अरुण

2 वर्ष पहिले प्रकाशित

 जनकपुरधाम/मिश्रीलाल मधुकर 

भाद्र ६बिहीबार

 जनकपुरधाम सँग पनि झारखण्डको सम्बन्ध छ । युक्त जानकारी कांग्रेस पार्टीका युवा नेता तथा झारखण्ड तेली समाजका अध्यक्ष ,तिलेश्वर साहु सेनाका संयोजक अरुण साहुले दिएका छन् ।एक कार्यक्रम लाई सबोधन गर्दै उनले माता सीताको सम्बन्ध झारखंड सँग रहेको धेरै प्रमाण रहेको जनाएका छन। त्यसैगरी झारखण्डको हनुमानजीको जन्मस्थल गुमला जिल्लाको अञ्जना गाउँमा आज पनि हनुमानजीको प्रमाण रहेको बताए । परशुरामको तपस्वी स्थान गुमलाको टाँगीनाथ स्थानमा आज पनि भगवानको बन्चरो रहेको छ । जहाँ परशुरामले वर्षौंसम्म तपस्या गरेका थिए, देश विदेशबाट धेरै संख्यामा धार्मिक पर्यटक दर्शनका लागि आउने गरेका छन।

 झारखण्डको बाबा धाम देवघरमा नेपालबाट ठूलो संख्यामा भक्तजन आउने गरेको उनले बताए । त्यसैगरी जनकपुरधामको जानकी मन्दिर र काठमाडौंको पशुपति दर्शन गर्न झारखण्डबाट ठूलो संख्यामा भक्तजन आउने गर्दछन् । त्यसैले नेपाल र भारत (झारखण्ड राज्य) राजनीतिक रूपमा अलग भए पनि आत्मिक रूपमा,भौगोलिक समानता रहेको बताए ।यस क्रममा बरही विधानसभाका पूर्व उम्मेदवार शावी देवी, प्रदीप साहु, लक्ष्मी साह, सतीश कुमार केशरी लगायतको सहभागिता रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..