आज मिथिलाञ्चलमा निष्ठापूर्वक बरसाईत पर्व मनाइदै

2 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुरधाम , जेठ २४ गते 

 

मिथिलाञ्चलमा आज विहीबार हर्षाेल्लासका साथ सावित्री अर्थात बरसाईत पर्व मनाइदै ।

 

 जेठ महिनाकाे अमावस्याका दिन मनाइने यश पर्वमा विवाहित महिलाहरु आफनाे पतिकाे दिर्घायुकाे कामना गर्दै श्रद्धापूर्वक पूजा पाठ गर्ने गर्दछन् । पतिकाे दिर्घायुकाे कामना गर्दै आज बिहीबार जनकपुरधाम सहित मिथिलाञ्चलका मिथिलानी महिलाहरुले बट सावित्री पर्व धुमधामसँग मनारहेका छन् । 

 

यसैक्रममा धनुषा जिल्लाकाे विभिन्न ठाउँमा रहेकाे वरकाे रुखमा पूजा गरी बटसावित्री पर्व मनाइने गरिन्छ । पाैराणिक कथा अनुसार राजा सत्यवानकाे मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरकाे रुखकाे फेदमा बसेर कठाेर ब्रत गरी आजैकाे दिन आफनाे पतिको प्राण फर्काएकाे हुँदा महिलाहरुले पनि आफ्ना पतिकाे दिर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख रहेकाे छ ।

 

 त्यसैगरी , यस अवसरमा महिलाहरु पाेखरीकाे डिलमा रहेकाे बरकाे रुखमा पूजाआजा गर्ने गर्दछन् । बट सावित्री पर्वकाे अवसरमा पूजा अर्चना गर्न गाउँघरमा रहेकाे बरकाे रुख नजिक बिहानैदेखि महिलाहरुकाे भिड लागेकाे छ । नव विवाहिताहरु एकदिन अगाडीनै चाेखाे भएर अरबा अरबाइइन ( शुद्ध ) खानेकुरा खाने गर्दछन् भने बट सावित्री पर्व गर्ने सबै महिलाहरु नयाँ बस्त्र लगाई बट सावित्रीकाे गीत गाउँदै समुहमा पूजा गर्न बरकाे रुख नजिक पुग्ने गर्दछन् । बटसावित्रीकाे पूजा समाग्रीमा आँप लिच्ची, मकैकाे, लावा , प्रसाद र दूध रहने गरेको छ । पाैराणिक मान्यता अनुसार आजकै दिन मृत्यु देवले सावित्रीकाे पतिकाे प्राण लिने प्रयास गरेको तर सावित्रीले देखाएकाे मायाका कारण यमदूतले समेत उनकाे पतिकाे ज्यान लिन सकेका थिएनन् । यसैकारण मिथिलाञ्चलका नारीहरु बट सावित्री पूजा गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..