राजदेवी मन्दिरमा हुने चैती दशैं व्यवस्थापन संयोजकमा दिपक

2 वर्ष पहिले प्रकाशित

 

 जनकपुरधाम स्थित माता राजदेवी मन्दिरमा हुने चैती दशैं कार्यक्रमको सम्पुर्ण जिम्मेवारीको संयोजकमा का.का.सदस्य दिपक गुप्तालाई चयन गरिएको छ।

 

श्री महाविर युवा कमिटिको चैत १९ गते बसेको बोर्ड बैठकले चैत २७ गते देखि बैशाख ६ गते सम्म प्रत्येक दिन माताको भोगराग तरह विशेष पूजा हुने चैती दशैं कार्यक्रमको संयोजकमा श्री महाविर युवा कमिटिको का.का.सदस्य दिपक गुप्ता सर्वसहमतिले चयन गरिएको हो ।

 

प्रत्येक बर्ष राजदेवी मन्दिरमा चैती दशै धुमधामका साथ मनाउने गरिन्छ। नेपाली चाडपर्वमा चैती दशैंको पनि महत्त्वपूर्ण स्थान रहेको छ । नेपाल भरिमा चैती दशैं विभिन्न ठाउँमा मनाइने गरिन्छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैं हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैती दशैं । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरूमा विशेष महत्त्व रहेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  सरोज मल्लिक  जनकपुरधाम, असोज २ गते  सरकारका योजना, नीति तथा कानुनमा दलित महिलाका सवाललाई प्राथमिकताका साथ ..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..