मोटरसाइकलको ठक्करबाट वीरगञ्जमा एक युवकको मृत्यु

4 वर्ष पहिले प्रकाशित

८ कात्तिक, वीरगञ्ज । पर्सामा आज बिहान भएको सवारी एक युवकको मृत्यु भएको छ ।

मंगलबार बिहान साढे २ बजे वीरगञ्ज–८ पानीट्याङकी स्थित सडकमा ना ४६ प ३२९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ स्थायी घर भई वीरगञ्ज – ८ मा डेरा गरी बस्ने १९ वर्षीय अनुप राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएर राई गम्भीर घाइते भएका थिए ।

टाउको र खुट्टामा गम्भीर चोट लागेको अवस्थामा उनलाई नेशनल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । अस्पतालमा उपचारको क्रममा बिहान ४ बजे चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

मोटरसाइकल तीव्र गतिमा गुडाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..