माटोको ढिस्कोले पुरिएर सासूको ज्यान गयो, बुहारी घाइते

4 वर्ष पहिले प्रकाशित

रौतहट कात्तिक १, २०७९
वेलकम संवाददाता

रौतहटको कटहरिया नगरपालिका अन्तर्गत वडा २ जमुनिया गाउँमा माटोको ढिस्कोमा पुरिएर सासूको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छिन् ।
हिन्दुहरुको महान पर्व दीपावली र छठका लागि घर लिपपोत गर्न गाउँको उत्तरपट्टी माटो लिन गएकी स्थानीय धनराज चौधरीको ६५ वर्षीय श्रीमती मोहनी देवीको ढिस्कोले पुरिएर सोमबार साँझ मृत्यु भएको हो। माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सासूसँगै बुहारी सुनिता कुमारी चौधरी समेत ढिस्कोले पुरिएर घाइते भएकी थिइन्। बुहारी सुनिता स्थानीय अस्पतालमा उपचार पछि खतरा मुक्त रहेको स्थानीय समाजसेवी रुपनारायण चौधरीले जानकारी दिएका छन । मृतकको सव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाइएको तथा घटनाबारे अनुसंधान भैरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  सरोज मल्लिक  जनकपुरधाम, असोज २ गते  सरकारका योजना, नीति तथा कानुनमा दलित महिलाका सवाललाई प्राथमिकताका साथ ..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..