पुटिनको घोषणापछि रुसमा विरोध प्रदर्शन, हजारौँ पक्राउ

4 वर्ष पहिले प्रकाशित

काठमाडौं असोज ६, २०७९
एजेन्सी

रुसी राष्ट्रपति पुटिनले सेनाको आंशिक परिचालनको घोषणा गरेसँगै रुसका जनताले यसको विरोध गरेका छन् । पुटिनले युक्रेन युद्धका लागि लाखौं रिजर्भ सैनिकलाई ड्युटीमा बोलाइने र हतियारमा लगानी पनि बढाइने बताएका थिए ।

प्रहरीले हजारौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । रुसी मानवअधिकार संगठन ओवीडी–इन्फोका अनुसार पक्राउ पर्नेको संख्या एक हजारभन्दा बढी छ । मस्को र सेन्ट पिटर्सबर्गमा सबैभन्दा धेरै पक्राउ परेका छन् । यससँगै प्रहरीले साइबेरियन सहर इर्कुत्स्क र याकातेरिबर्गमा दर्जनौं मानिसलाई पक्राउ गरेको छ ।


पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानको बुकिङमा उल्लेख्य वृद्धि भएको थियो । केही समयपछि एउटै उडानमा पनि ठाउँ बाँकी थिएन । मस्कोको अभियोजकको कार्यालयले बुधबार इन्टरनेटमा अनाधिकृत विरोध प्रदर्शनको लागि बोलाउँदा वा त्यसमा सहभागी भएमा १५ वर्षसम्म बढी जेल सजाय हुन सक्ने चेतावनी दिएको थियो ।

युक्रेन युद्धसँग सम्बन्धित ‘प्रचार’ फैलाउँदा कडा सजाय दिइने प्रावधान एवं पुटिन विरोधी सामाजिक कार्यकर्तामाथि प्रहरीको प्रताडनापछि रुसमा सार्वजनिक रुपमा विरोध प्रदर्शन निकै दुर्लभ भएको छ ।

पुटिनले गत बुधबार आंशिक सैन्य परिचालनको घोषणा गरे, जसको अर्थ तीन लाख आरक्षित सेना पठाउने हो ।

पुटिनले आफ्नो टेलिभिजन सम्बोधनमा रुसको क्षेत्रीय अखण्डतालाई कायम राख्न आफूले उपलब्ध सबै माध्यम प्रयोग गर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..